News Griha :: न्यूजगृह
समाजवादी स्वार्थको मोर्चा होइन : माधव नेपाल

काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले कसैसँग मुकाविला गर्न समाजवादी मोर्चा निर्माण नगरिएको स्पष्ट पारेका छन् ।

कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्न मोर्चा बनाइएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै अध्यक्ष नेपालले उक्त स्पष्ट पारेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपाल घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताए ।

उनले भने,‘यो स्वार्थको मोर्चा होइन । यो मोर्चा सिद्धान्तहीन मोर्चा होइन । यो मोर्चा विचारहीन मोर्चा होइन । यसको प्रष्ट उद्देश्य छ । त्यो उद्देश्य भनेको प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने हो ।’

अध्यक्ष नेपालले थप भने,‘मैले सुनिरहेको छु–केहीकेही नेताहरुलाई परेको रहेछ कि यो मोर्चा अहिले बनेको छ । त्यसको पछाडि दुई वटा कुरा होला । कसैलाई तर्साउन र कसैको मुकाविला गर्न । यो कसैलाई तर्साउन पनि गरेको होइन । कसैको मुकाविला गर्नका लागि पनि होइन ।’

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:०२
Weather Update