कांग्रेस
गगन थापा भन्छन्– अब नबदलिएको कांग्रेसले मुलुक बदल्दैन

काठमाडौं— नेपाली कांग्रसका महामन्त्री गगन थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस बदलिनुपर्ने बताएका हुन् । उनले कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भने दुर्घटनामा जाने बताए ।
उनले भने,‘सिंगो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो हुँदैन । देश नबदली भएको छैन । देश बदल्न सकिन्छ भन्नेकुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु ।’
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १८:५०