News Griha :: न्यूजगृह
समाजवादी मोर्चा सत्ता टिकाउने मात्रै नबनोस् : झलनाथ खनाल

काठमाडौं— पूर्वप्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरूलाई आग्रह गरेका हुन् ।

उनले भने,‘म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु, यो मोर्चा सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस् । यो मोर्चा सम्पूर्ण वामपन्थीहरूलाई एकतावद्ध गर्ने मोर्चा बनोस् ।’

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:४०
Weather Update