News Griha :: न्यूजगृह
ओलीलाई यादवले भने– मोर्चाबाट तर्सिनु पर्दैन

काठमाडौं— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन् ।

समाजवादी मोर्चा घोषणा सभामा सोमबार बोल्दै ओलीप्रति संकेत गर्दै उनले केही दिनदेखि मिडियामा बर्बराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताएका हुन् ।

अध्यक्ष यादवले मोर्चा कसैकाविरुद्ध लक्षित नरहेको पटक–पटक दोहोर्‍याए । अध्यक्ष यादवले भने,‘मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन । हामी मुलुकमा देखा परेका समस्या हल गर्छौं । धेरै मान्छेहरू अहिले नै बर्बराउन थाल्नु भएको थियो । नबर्बराउँदा हुन्छ ।’

अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित गराउने प्रयास भएको भन्दै त्यसविरुद्ध संघर्ष गर्न सबैलाई तयार रहन आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:२०
Weather Update