News Griha :: न्यूजगृह
तस्बिरमा हेर्नुहाेस् समाजवादी मोर्चा घोषणा

काठमाडौं— संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले सोमबार समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् ।

राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले अवधारणापत्रमा हस्ताक्षर गर्दै मोर्चा घोषणा गरिएको हो ।

अवधारणापत्रमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नत्रविक्रम चन्दले हस्ताक्षर गरेका छन् । 

morcha (4)1687177301.JPG

morcha (6)1687177316.JPG

morcha (3)1687177331.JPG

morcha (1)1687177384.JPG

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:०६
Weather Update