पाकिस्तानी अदालतमा गोली चल्यो

भाकर— पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल पुर्याइएको एआरवाई न्यूजले जनाएको छ ।
पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १८:००