News Griha :: न्यूजगृह
नेपाल विद्युत् प्राधिकरण जनताप्रति जवाफदेही भएन : सांसद साह

काठमाडौं— आम जनता पार्टीका सांसद प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा सांसद साहले प्राधिकरण आम नागरिकप्रति कम उद्योग व्यवसायीप्रति बढी जवाफदेही भएको जिकिर गरे । 

उनले भने, ‘ठुल्ठुला व्यापारिक घरानाहरूलाई सेवा गर्नुहुन्छ । अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न । समयमा लाइन पनि दिनुपर्दैन । तर, दण्ड ठोकिहाल्नुपर्छ । ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने ? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताब लेख्नै नहुने ? शीर्षकअनुसार गतिविधि सांसदहरूले जान्नै नहुने हो ?’

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:२३
Weather Update