News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय कार्यालय बसुन्धाराबाट बालाजु सार्ने भएको छ । 

रास्वपा महामन्त्री मुकुल ढकालले अहिलेको कार्यालय पार्टीको गतिविधि सञ्चालन गर्न सानो भएकाले सार्न लागिएको बताए । 

उनले नयाँ घरको भाडा मासिक साढे ३ लाख रुपैयाँ रहेको पनि जानकारी दिए । पार्टीका सुभेच्छुकले मासिक भाडा ६–७ लाख पर्ने घर आधा छुटमा दिएको उनको भनाइ छ । 

उनले अहिलेको कार्यालयको घरभाडा मासिक डेढ लाख तिर्दै आएको पनि जानकारी दिए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:४६
Weather Update