News Griha :: न्यूजगृह
रास्वपाद्वारा राजनीतिक कार्यदिशा मस्यौदा संशोधन गर्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन  

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक कार्यदिशा सहितको मस्यौदालाई संशोधन गरेर परिष्कृत गर्नको लागि १७ सदस्यीय प्रतिनिधिमण्डल बनाएको छ । 

सोमबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले छलफललाई भदौसम्म निरन्तरता दिने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताएका छन् । 

उनले भने, ‘पार्टीको दस्ताबेजको कुरामा हामीले ७ समूह बनाएका थियौँ, प्रत्येक समूहबाट २–२ जना सहित १७ जनाको प्रतिनिधिमण्डल बनाएर, दस्ताबेजमाथि आवश्यक छलफल, त्यसलाई संशोधन गरेर परिष्कृत गर्दै जाने । दस्तावेज तयार परेर, नीति कार्यक्रम गरेर छलफल गरेका थियौँ । त्यही प्रक्रियालाई भदौको दोस्रो हप्तासम्म दोहोर्याउने, त्यसपछि बनाएको दस्ताबेज सभापतिलाई बुझाउने र आफ्नो विवेकअनुसार निर्णय गर्नुहुन्छ ।’

दस्ताबेजमाथि विमर्श गर्न गत फागुनमै रास्वपाले ७ समूह बनाएको थियो । त्यही समूहमध्येबाट २÷२ जना र नीति तथा विचार विभाग प्रमुख मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं र प्रशिक्षण विभाग सचिव कमल सुवेदी रहने कार्यदल बनाइएको छ । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:२९
Weather Update