News Griha :: न्यूजगृह
लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्याउनुले सरकारप्रति शंका उब्जियो : सांसद शर्मा

काठमाडौं— नेकपा एमालेकी सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछ्ट्याउनुले शंका उब्जाएको बताएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसद शर्माले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीको  विकास र सीमा संरक्षण गर्न सरकारले बजेट नछुट्याउनुले शंका उब्जिएको बताइन् । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सीमा संरक्षण गर्न सरकारले किन बजेट छुट्याएको छैन ? त्यहाँका नागरिकको किन जनगणना गरिएन ? यसमा आम नागरिकमाथि शंका उब्जिएको छ,’ उनले भनिन् । 

उनले भारतमा ग्रेटर भारतको नक्सामा नेपाली भूमि समेटिएको विषयमा सरकार बोल्नुपर्ने बताइन् । उनले भारत सरकारलाई पत्र पठाएर सो नक्सा खारेज गर्न लगाउनुपर्ने माग गरे । 

उनले ईपीजी प्रतिवदेन नेपालका प्रधानमन्त्रीले एकतर्फी रूपमा बुझेर भए पनि त्यहाँ उल्लेखित विषयहरू नेपाली जनतालाई सार्वजनिक गर्नुपर्ने बताए । 

उनले एमसीसी परियोजना कार्यान्वयनका लागि सरकारको तयारीको सम्बन्धमा पनि प्रश्न गरिन् । उनी परराष्ट्र मन्त्रालयमा विनियोजित बजेट कम भएको बताइन् । विनियोजित बजेटले कूटनीतिक मर्यादालाई व्यवस्थित गर्न नसक्ने उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:२०
Weather Update