खेतीबाली बिक्री केन्द्र स्थापना गर्न सांसद आचार्यको माग

काठमाडौं— नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय सुनसरीमा जनशक्ति सहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले सुनसरीमा मकै खेतीको पनि ‘जोन’ स्थापना गर्न सरकारसँग आग्रह गरे ।
दशौँ हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उनको भनाइ छ ।
सांसद आचार्यले सुनसरीको खेतीबाली बिक्रीका लागि सरकारले छुट्टै केन्द्रहरूको स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १२:०४