News Griha :: न्यूजगृह
समाजवादी मोर्चाको घोषणा गरिँदै  

काठमाडौं— नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका चार दल मिलेर बनाइएको समाजवादी मोर्चाको आज साेमबार काठमाडाैंकाे राष्ट्रिय सभागृहमा घोषणा गरिँदै छ ।

मोर्चाको साझा मुद्दा र लक्ष्य टुङ्गो आइतबार लगाएको छ । मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

दलहरूले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरेका बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०६:१९
Weather Update