News Griha :: न्यूजगृह
साहाराविहीन बालबालिकालाई अंग्रेजी सिकाउँदै विदेशी

दाङ— दाङ तुलसीपुरस्थित दिदीकाे घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’ मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अंग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताइन् ।

‘बालबालिकाको अंग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ’,उनले भनिन्,‘उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।’

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन् ।

उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०८:२०
Weather Update