News Griha :: न्यूजगृह
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

सोमबार बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बस्ने गरी बैठक तय भएको पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनले भने,‘असार ७ गते पार्टीले स्थापना दिवस मनाउँदैछ । त्यसैको तयारीका लागि बैठक बोलाइएको हो ।’

रास्वपाले पार्टी स्थापना दिवसका अतिरिक्त राजनीतिक कार्यदिशा, कार्यक्रममाथि पनि छलफल गर्दैछ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:२५
Weather Update