संसद्
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— प्रतिनिधि सभा बैठक बस्दैछ । आइतबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।
बैठकमा तीन वटा मन्त्रालयको बजेटबारे छलफल हुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुन लागेको हो ।
बैठकमा सांसदहरूले खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सम्भावित कार्यसूची
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ०८:२०