News Griha :: न्यूजगृह
सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै रास्वपाको विचार हो : रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै रास्वपाको विचार रहेको बताएका हुन् । उनले अब आफू सधैं ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको बताए ।

उनले भने,‘हाम्रो विचार छैन भन्छन् । विचारका बारेमा कुरा पछि गरौँला । यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ । यो देशलाई स्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनीचुनी कानुनी दायरामा ल्याउने विचार छ ।’

सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताए ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १९:५३
Weather Update