
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खादा लगाएर स्वागत गरेका छन् ।
शनिबार चौधरीको एक टोली भट्टराई निवास टोखा आएको थियो । चौधरीलाई स्वागत गर्दै डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत !’
जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलन, संयुक्त जनआन्दोलनको बलमा अहिलेको संविधान र जनअधिकार प्राप्त भएको कसैले बिर्सन नहुने डा.भट्टराईको भनाइ छ ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई थारू लगायतका उत्पीडित जाति,वर्ग,क्षेत्र,ळिंग,समुदायको मुक्ति अभियानमा निरन्तर लागिरहन हार्दिक शुभकामना!
— Baburam Bhattarai (@brb1954) June 17, 2023
जनयुद्ध,मधेश विद्रोह,थारू विद्रोह,जनजाति आन्दोलन,संयुक्त जनआन्दोलनको बलमा अहिलेको संविधान र जनअधिकार… pic.twitter.com/fQIjKdZkyf