८४ सालको चुनावमा एमाले एक्लै लडेर बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा आलीले २०८४ सालको चुनावमा एमालेले ५० प्रतिशत भन्दा बढी मत ल्याउने दाबी गरेका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित अखिल नेपाल महिला संघ बागमती प्रदेशको प्रथम सम्मेलनमा अध्यक्ष ओलीले सबै पार्टी एकातिर भएपनि एमाले एक्लै चुनाव लडेर बहुमत ल्याउने दाबी गरे ।
उनले भने, ‘२०८४ को मिसन हरेक वडामा एमालेको बहुमत जिल्लामा, प्रदेशमा बहुमत भन्नै पर्दैन वडामा बहुमत आउँछ भने सबैमा आउँछ । अरू सबै एकातिर एमाले पार्टी एक्लैले ५० प्रतिशतभन्दा माथि हुन्छ ।’
अध्यक्ष ओलीले सिद्धिएका तत्वहरू मिलेर मोर्चा बनाउन लागेको भन्दै त्यसको केही औचित्य नरहेको तर्क गरे ।
प्रकाशित मिति: शनिबार, असार २, २०८० १६:३२