News Griha :: न्यूजगृह
एमालेले सरकार छोडेपछि देश भाँडिएर उधुम भयो : अध्यक्ष ओली 

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशको अर्थतन्त्र, राजनीति र समाज बिथोलिएर देशै ओरालो लागेको बताएका छन् । 

शनिबार एमाले पार्टी कार्यालय आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले दुई वर्षयता आफ्नो पार्टीले सरकार छोडेपछि देशमा संकट आएको दाबी गरे । 

‘दुई वर्ष अगाडि नेकपा एमाले सरकारबाट हट्यो त्यसभन्दा यता देशको अर्थतन्त्र, राजनीति, समाज बिथोलिएर, भाँडिएर, ओरालो लागेर उधुम भएको छ,’ ओलीले भने । 

उनले गठबन्धनले राम्रो काम गर्न नसकेको कारण नै विभिन्न प्रकारका राजनीतिक विकृति आएको टिप्पणी गर्दै एमालेलाई जनताबाट विस्थापित गर्ने षड्यन्त्रमा गठबन्धन लागेकै कारण प्रतिफल नआएको टिप्पणी गरे । 
ओलीले भने, ‘गठबन्धनको ध्यान काम राम्रो गर्ने होइन, जम्माजम्मी एमालेको विरोधमा केन्द्रित हुने भयो त्यसमा पनि मेरो । एमालेलाई जनताबाट विस्थापित गर्ने उनीहरूको षड्यन्त्र, त्यसमा लागेर प्रतिफल कहाँ आउँछ, आएन ?’

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १५:५२
Weather Update