News Griha :: न्यूजगृह
समाजवादी मोर्चा गठनबारे ओलीको व्यङ्ग्य :  लिभिङ टुगेदर चलिरहकै छ त केका लागि मोर्चा ?

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलबीच समाजवादी मोर्चा बनाउने तयारी चलिरहेको समाचारप्रति व्यङ्ग्य गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले एमालेसँग तर्सिएर गठबन्धन गरिएको र अब गठबन्धनले समेत नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको तर्क गरे । 

उनले भने, ‘गठबन्धनले नपुगेर समाजवादी मोर्चा नै बनाउने र अब किन भन्दा एमालेसँग मुकाबला गर्न एउटा उद्देश्य र अर्को कांग्रेसलाई तर्साउने । यो बनाएर हुन्छ के ? सँगै छन् चिनेकै मान्छे हुन्, लिभिङ टुगेदर त चलिरहेकै छ त ?’

उनले एमालेलाई राष्ट्रिय शक्ति निर्माण गरेर अरू सबै मिले पनि मुकाबिला गर्न नसक्ने बनाउन कार्यकर्तालाई निर्देशन दिए । 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १५:३०
Weather Update