News Griha :: न्यूजगृह
स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुंगा हान्दैमा डराउनु पर्दैन : रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफैँले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फलेको वृक्षको उपमा दिएका छन् । 

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्र्दभमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले आफ्नो पार्टीबारे अन्य पार्टीका नेताले आलोचना गर्ने गरेको भन्दै उनले फलेको वृक्षमा सबैले ढुंगा हान्ने गरेको तर्क गरे । 

‘हामीलाई दुस्मन सम्झने सबै मञ्चबाट आजभोलि नेताहरूको भाषणमा हाम्रो आलोचना भइरहेको देख्दा केही साथीहरू दुःखी हुनुहुन्छ, म भन्छु दुःखी हुने कारण छैन । ढुंगा त त्यही रुखमा हानिन्छ, जुन रुखमा फल लागेको छ,’ उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको वृक्ष हो ।’

उनले सो ढुंगाको जवाफ मेयर हर्क साम्पाङले जस्तो पानी ल्याउने काममा प्रयोग गरेर दिने तर्क गर्दै भने, ‘हानिएका ढुंगालाई जवाफ फर्काउनु हुन्न । त्यो ढुंगालाई जम्मा गरेर हर्क साम्पाङले जस्तो पानी ल्याउने काम गरे भइ हाल्यो नि ।’

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १४:०२
Weather Update