News Griha :: न्यूजगृह
८४ सालमा रास्वपा देशकै ठूलो पार्टी बन्छ : सभापति लामिछाने 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब २०८४ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् । 

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्र्दभमा आयोजित  रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले २०८४ सालसम्ममा स्वतन्त्र पार्टी सबैभन्दा धेरै सदस्य भएको ठूलो पार्टी बन्ने जिकिर गरे । 

उनले भने, ‘झण्डै १२ लाख जनताले घण्टीमा भोट हाल्नु भयो उहाँहरू सबै हाम्रो सदस्य होइन । भोलि पनि यो देशमा सबैभन्दा बढी सदस्यता लिने पार्टी स्वतन्त्र पार्टी हुन्छ ढुक्क हुनुहोस् । देश दौडानमा हिँडिरहेका छौँ । २०८४ सालमा नेपाली जनताले जिताएर पठाएको सबैभन्दा ठूलो पार्टी पनि हुन्छ ।’

उनले ८४ सालको चुनावको लागि पार्टीदेखि वडासम्म होनाहार व्यक्तिहरूलाई उम्मेदवारका रूपमा तयार गर्ने तयारी भइरहेको बताए । 

उनले भने, ‘पार्टीदेखि वडासम्म एक–एक होनाहार व्यक्तिहरूलाई उम्मेदवारका रूपमा तयार गर्नु नै हाम्रो यो साढे चार वर्षको होमओर्क हो ।’

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १३:५७
Weather Update