News Griha :: न्यूजगृह
शनिबार कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं— शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०६:४१
Weather Update