शरणार्थी प्रकरण
रायमाझी, खाण, पाण्डे र राईसहित ८ जना भद्रबन्दी गृह र बाँकी ८ केन्द्रीय कारागार चलान*

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका १६ मध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण,सचिव टेकनारायण पाण्डे र डा.इन्द्रजित राईसहित ८ जनालाई भद्रबन्दी गृहमा चलान गरिएको छ ।
अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ ।
मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएसँगै उनीहरूलाई केन्द्रीय कारागारका दुई छुट्टाछुट्टै भवनमा राखिएको छ ।
भद्रबन्दी गृहलाई सुविधासम्पन्न मानिन्छ ।
*यसअघि भुलवश डिल्लीबजारस्थित सदरखोर भएकोले सच्चाइएको छ- सम्पादक।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० २०:०७