News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीको आन्दोलन : सरकारले बनायो वार्ता समिति

काठमाडौं— विद्यालय कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता समिति बनाएको हो ।

मन्त्रालयकाअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति बनेको छ । तर विद्यालय कर्मचारीले भने शिक्षा, अर्थ र कानुन मन्त्रालयका अधिकारीहरूसँग मात्रै वार्तामा बस्ने जनाएको छ ।

बजेटले विद्यालय कर्मचारीहरूको माग सम्बोधन नगरेको दुई हप्ता बढी समयदेखि विद्यालय कर्मचारीहरू आन्दोलित छन् । उनीहरूले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:५४
Weather Update