शरणार्थी प्रकरण : महर्जन र गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौं— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई भने थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १८:४१