थुनछेक आदेश
नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं — नक्कली शरणार्थी प्रकरणका आरोपितहरूको थुनछेक बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जबाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले आरोपितलाई थुना मै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे आदेश गर्ने छ ।
आदेश शुक्रबारै हुने अदालत स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाएको छ । प्रतिवादीमध्ये १८ जना प्रहरी हिरासत मै छन् । जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १४:२२