News Griha :: न्यूजगृह
अहिलेको प्रणाली बेठिक भन्नेलाई सांसद पौडेलको चुनौती– आँखा जुधाएर बहस गर्न तयार छु
फाइल तस्बिर ।

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अहिलेको प्रणालीमाथि नै आक्रमण भइरहेको टिप्पणी गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले पुरानो असफल भइसकेको प्रणाली फर्काउने कुरामा केन्द्रित भएर अहिलेको प्रणालीलाई आक्रमण गर्ने काम भएको बताएका हुन् । उनले भने, ‘पुरानो असफल भइसकेको प्रणाली फर्काउने र त्यतै केन्द्रित भएर अहिलेको प्रणालीलाई आक्रमण गर्ने काम नगरौँ संविधानविपरीत हुन्छ ।’

‘अहिलेको प्रणाली नै बेठिक छ भनेर तर्क गर्ने साथीहरूलाई भन्न चाहन्छु, म आँखा जुधाएर बहस गर्न तयार छु । आउँनुहोस् छलफल गरौँ,’ उनले चुनौती दिए । 

सांसद पौडेलले राज्य निर्माण गर्न गरेका संकल्पहरू कसरी सुधार गर्न सकिन्छ भनेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:५०
Weather Update