News Griha :: न्यूजगृह
सांसदहरूको सुझाव समेटेर बजेट परिमार्जन गर्न प्रधानमन्त्री तयार हुनुपर्छ : सांसद सुवाल 
फाइल तस्बिर ।

काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । 

देश र जनताको हितका लागि सांसदहरूले सुझाव दिने भएकाले सोहीअनुसार बजेट परिमार्जन गर्न सरकार र सत्तारूढ दलहरू तयार हुनुपर्ने उनको तर्क छ । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले संसद्मा बजेटबारे हुने छलफलको औचित्य पुष्टि गर्न पनि त्यहाँ सांसदहरूले दिएको सुझाव अनुसार बजेट परिमार्जन गर्नैपर्नेमा जोड दिए । 

‘देश र जनताको हितका लागि सांसदहरूले छलफलमा राख्नुभएको सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनुपर्छ । प्रधानमन्त्री तयार हुनुपर्छ । अर्थमन्त्री तयार हुनुपर्छ । र, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तयार हुन जरुरी छ । बहसको औचित्य पुष्टि गर्न तयार हुन जरुरी छ,’ उनले भने । 

सांसद सुवालले बजेटमा कमा र फुलिष्टव पनि परिवर्तन हुन्न भन्ने मान्यतालाई गलत साबित गर्न पनि सरकारले त्यसलाई परिमार्जन गरेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:२१
Weather Update