
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँगको भेटपछि डा. भट्टराईले आफूहरूबीच समाजवादी मोर्चा निर्माण गर्ने गम्भीर सहमति भएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसीलगायतका शान्ति प्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा विहंगम कुराकानी ! देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ! बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह !’