News Griha :: न्यूजगृह
उपत्यका बाहिर जान नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु

काठमाडौं— काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम शुक्रबारबाट लागु भएको छ । 

महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न काठमाडौं महानगरले निर्देशन दिएसँगै शुक्रबारदेखि यो नियम लागु भएको हो ।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सूचित गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ,‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारीसाधन रोक्न निषेध गरिएको छ ।’

नियम अवज्ञा गर्ने सवारीसाधन या चालकलाई ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने पनि सूचनामा उल्लेख छ ।

bus1686887078.jpg

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:२९
Weather Update