News Griha :: न्यूजगृह
नेपाल बैंकले माग्यो कर्मचारी

काठमाडौं— नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो ।

बैंकका अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने छ । योग्य नेपाली नागरिकले असार १ देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

bank1686879561.jpg

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:२२
Weather Update