News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— प्रतिनिधि सभा बैठक शुक्रबार ११ बजे बस्दैछ । बैठकमा बजेटमाथि बिहीबारदेखि सुरु मन्त्रालयगत छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूचीअनुसार शुक्रबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।

यी मन्त्रालयमाथि विभिन्न सांसदले खर्च कटौतीको प्रस्तावसमेत पेश गर्नेछन् । बिहीबारको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:१०
Weather Update