News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीलाई कति तलब चाहिन्छ ?

काठमाडौं— देशभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सरकारसँग सेवासुविधा तथा तलब वृद्धिको माग गरेका छन् ।

विद्यालय सहायक लेखापाललाई ३४ हजार नौ सय दुई र विद्यालय सहयोगी (का.स.) लाई २६ हजार सात सय दुई रुपैयाँ मासिक रुपमा दिनुपर्ने माग गरेका छन् ।

हाल लेखापालले १३ हजार पाँच सय र विद्यालय सहयोगीले ८ हजार रुपैयाँ मासिक रुपमा पाउँदै आएका छन् । उक्त तलब सुविधा समयोचित नभएको उनीहरुको भनाइ छ ।

विद्यालय कर्मचारीका उक्त माग सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा समेटे पनि बजेटमा भने पारेन । बनेट संशोधन गरेर माग पूरा गर्नुपर्ने भन्दै विद्यालय कर्मचारीहरु यतिखेर आन्दोलित छन् ।

हाल देशभर लेखापाल ७ हजार एक सय अठहत्तर र विद्यालय सहयोगी २८ हजार आठ सय नब्बे जना रहेका छन् । लेखापाल र सहयोगी गरी जम्मा ३५ हजार अठसठ्ठी जना विद्यालय कर्मचारी रहेका छन् ।

karmachari1686876775.jpg

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०६:३७
Weather Update