शरणार्थी प्रकरण : जवाफी बहस गर्दै सरकारी वकिल

काठमाडौं— नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पुर्याएको प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै शुक्रबार जवाफी बहस हुने भएको छ ।
शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिइने छ ।
जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले गर्दैछन् ।
शुक्रबार दिउँसो २ बजेसम्म जवाफी बहस गर्न दिएर अभियुक्तहरूलाई थुनामा पठाउने/नपठाउने आदेश हुने सक्ने बताइएको छ ।
शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत दर्जन बढी परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०६:०९