News Griha :: न्यूजगृह
संसदीय सुनुवाइ समितिको बैठकमा उपस्थित हुँदै कामु प्रन्या कार्की, प्रश्न सोधिने

काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा पनि बोलाइएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई शुक्रबार पनि सुनुवाइका लागि बोलाइएको हो ।

बिहान ८ बजे बस्ने समितिको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन् ।

सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०६:००
Weather Update