जसपाले बोलायो विधान अधिवेशन तयारी बैठक

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
असार ९ गतेका लागि बोलाइएको बैठकमा विधान अधिवेशनको तयारीबारेमा छलफल हुनेछ ।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरूले पठाएका सुझावहरू समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने जसपाले जनाएको छ ।
केन्द्रीय समिति सदस्यहरूलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ ।
जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरू विधान अधिवेशनमा सहभागि हुँदै छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०५:५४