
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा सञ्चारसम्बद्ध व्यक्तिहरूलाई मनोनयन गरेका छन् ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेका विभागमा ३९ जनालाई मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मनोनय हुनेहरूमा दिपकप्रसाद कुइँकेल, काठमाडौं, गोपाल झा, महोत्तरी, कृष्णप्रसाद वस्याल, पाल्पा, तिलक राई, सुनसरी, गोविन्द परियार, तनहुँ, चन्द्रेश्वर खत्वे, सुनसरी, गणेश के.सी.काठमाडौं, शिला इजम, ताप्लेजुङ्ग, गंगाधर पराजुली,कास्की, लोकराज ढकाल, झापा, सन्तबहादुर चेपाङ्ग ,मकवानपुर, राजु मास्के मोरङ्ग,उमिद वागचन,कैलाली, लीला खनाल, काठमाडौं, चेतराज रेग्मी, मोरङ्ग, मिथलेश मिश्र, रौतहट, मोती पौडेल, सुर्खेत, पवन अधिकारी, सुनसरी, कमला पाण्डे, रुपन्देही, फुलमाया सुनार, रुपन्देही, राजवहादुर गुरुङ्ग, कास्की, राघव गौतम, चितवन, अनुषा नेपाल, काठमाडौं श्री निगम हुमागाईँ काभ्रे, गोविन्द मरासीनी, स्याङ्जा, ई.हुकुमबहादुर बुढा, रोल्पा, रम्भा मिश्र, पर्सा, लवदेव ढुङ्गाना, पाँचथर, दिनेशविक्रम शाह, काठमाडौं,सुरेश यादव,धनुषा, इन्द्र रिजाल स्याङ्जा, डा.मो.ओजिर देवान रौतहट, पूर्णबहादुर नेपाली,सुर्खेत, अशोक नाथ योगी,कालीकोट, विष्णुप्रसाद तिम्सीना, ललितपुर, दिपेन्द्र वान्तवा, संखुवासभा, सज्जन ठाकुर महोत्तरी,प्रकाश खरेल, अष्ट्रेलिया, विनोद मोक्तान बेलायत रहेका छन् ।