News Griha :: न्यूजगृह
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

उनले भने,‘तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धन विना उम्मेदवार दिने निर्णय भएको छ ।’

बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२ मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिएको हो ।

बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमासमेत छलफल भएको उपसभापति अर्यालले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:१७
Weather Update