News Griha :: न्यूजगृह
न्यायका लागि मधेसीलगायत उत्पीडित जनता लड्नु आवश्यक : राजेन्द्र महतो 
फाइल तस्बिर ।

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गर्नुले राज्य विश्वस्तरमा कलंकित भएको बताएका छन् । 

नागरिकता माग्दै माइतघरको सडकमा संघर्षरत निरज कुमार कामतले आत्मदाहको प्रयास गरेका थिए । 

लोसपा वरिष्ठ नेता महतोले बिहीबार एक विज्ञप्ति जारी गर्दै नागरिकताविहीन पीडितको संवेदनशीलता बुझिदिन सबै पक्षसँग आग्रह गरेका छन् । 

‘बहुराष्ट्रिय राज्यमा जबसम्म सबै राष्ट्र/समुदायको समानुपातिक प्रतिनिधित्व न्यायपालिकामा हुँदैन तबसम्म उत्पीडित राष्ट्रले न्यायपालिकाबाट न्याय पाउनु भनेको आकाशकै फल सरह हो,’ उनले थपेका छन्, ‘बहुल राष्ट्रिय राज्यको चरित्र अनुरूप राज्यका सम्पूर्ण अंगको पुनःसंरचना अबको आवश्यकता हो । त्यसका निम्ति पुनः मधेसीलगायत सम्पूर्ण उत्पीडित नेपाली जनता संयुक्त लड्नु आवश्यक भैसकेको छ ।’

rajendra-mahato--1686828933.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:२०
Weather Update