News Griha :: न्यूजगृह
शक्तिमा बसेकाहरूलाई देवत्करण गर्ने प्रवृत्तिले रूपान्तरणको सम्भावना असम्भव : सांसद केसी 

काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शक्तिमा बसेकाहरूलाई देवत्करण गर्ने प्रवृतिले देशमा पक्षपातवाद र भ्रष्टाचार झनै मौलाएर जाने बताएका छन् । 

बिहीबार प्रतिनिधि सभामा प्रस्तुत खर्च कटौतीको प्रस्ताव र विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले त्यही प्रवृति र उही चरित्रमा अल्मलिने हो भने रूपान्तरण र परिवर्तन सम्भव नभएको तर्क गरे । 

उनले भने, ‘यो क्षमास्य परमेश्वर भनेर आफ्ना गुटका नेता वा उपगुटका नेता अथावा जुनसुकै शक्तिमा बसेकाहरूलाई देवत्वकरण गर्ने र त्यसबाट संरक्षण गर्ने त्यस संरक्षणवादबाट झन्झनै पक्षपातवाद, विकृति र भ्रष्टाचार देशमा झन्झन् मौलाएर जान्छ । नेतृत्वलाई देवत्वकरण गर्ने ठिक बेठिक नछुट्याएर जे–जे मन लाग्छ त्यही गर्ने र संरक्षण गर्ने प्रवृति सरकार पार्टी चारैतिर छ । 

त्यस्तै अहिले नयाँ हावा परिस्थितिर नयाँ चेतनाको उदय गर्छु भनेर आउनेहरू  वृद्धतन्त्र, शक्तितन्त्र र संरक्षणवादकै वरपर माकुराको जालमा र फेरि त्यही गुटमा अल्मलिने हो भने रूपान्तरण र परिवर्तनको सम्भावना मैले देखेको छैन ।’ 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:२९
Weather Update