आलु प्याजको भ्याट खारेज गर्न सांसद सिंहको माग

काठमाडौं— सांसद डा. अमरेशकुमार सिंहले आलु प्याजमा भ्याट लगाएर सरकारले गौरवशाली इतिहास कायम गरेको टिप्पणी गर्दै जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने यस्ता निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभामा उनले सर्लाहीमा किसानले घरमा पालेर बिक्री गरेको खसी बोकालाई भन्सार छलेर ल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सिंहले प्रहरीका यस्ता गतिविधिले सीमा क्षेत्रमा बसोबास गर्ने किसानलाई समस्या भएको बताए । ‘किसान गरिबलाई कृषि तथा पशुपालनमा सरकारले प्रोत्साहन गरोस्,’ उनले भने । रासस
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १३:०५