News Griha :: न्यूजगृह
आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ ।

अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार बिहान कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्ज, चट्याङसहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०७:२३
Weather Update