News Griha :: न्यूजगृह
असार ३ गतेबाट विद्यालय बन्द गर्ने कर्मचारीकाे घोषणा 

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आगामी असार ३ गतेबाट देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले माग पूरा गर्न सरकार गम्भीर नबनेकाले विद्यालय बन्दको घोषणा गर्न बाध्य हुनुपरेको बताए ।

उनी भन्छन्,‘विद्यालय कर्मचारीका समस्या समाधान नगरेर सरकारले विद्यालय बन्द गर्दै छ आगामी असार ३ गतेबाट ।’

बजेटमा विद्यालय माग सम्बोधन नगरेको भन्दै कर्मचारीहरू यतिखेर आन्दोलित छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०६:५८
Weather Update