ग्रीकमा डुंगा दुर्घटना, ७९ को मृत्यु

काठमाडौं— ग्रीकमा डुंगा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । आप्रवासी सवार डुंगा दक्षिणी तटमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिले त्यहाँ राहत र उद्धारको खाँचो रहेको बीबीसीले जनाएको छ । दुर्घटनामा धेरै मानिस हराइरहेको बीबीसीको भनाइ छ ।
डुंगामा कम्तीमा चार सय जना सवार थिए । हालसम्म एक सयभन्दा धेरैको उद्धार गरिएको छ भने बाँकीको खोजी कार्य जारी छ । शरणार्थी बोकेको उक्त डुंगा लिबियाबाट इटालीतर्फ गइरहेको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० ०६:१२