
मकवानपुर— बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।
सभामुख भुवन पाठकका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ जाहेर गरेका थिए । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो ।
उनको विपक्षमा १७ सांसद उपस्थितहुँदा ७ जना भने तटस्थ रहेका थिए । जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा एस र हाम्रो नेपाली दलले मत जाहेर गरेका थिए ।
प्रदेश सभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा एस ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् । ५६ मत भएको खण्डमा जम्कट्टेलाई बहुमत पुग्ने थियो ।
उनको विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो । सदनमा एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।
जम्कट्टेल सरकार गठन भएको ६७ औं दिनमा दोस्रोपटक सदनबाट विश्वासको मत प्राप्त गरेका हुन् ।













