News Griha :: न्यूजगृह
पर्याप्त छलफल नगरी बजेट निर्माण गर्दा त्रुटि देखियो : अध्यक्ष राउत

काठमाडौं— जनमत पार्टीका अध्यक्ष सिके राउतले छलफल नगरी बजेट निर्माण हुदाँ धेरै त्रुटि देखिएको टिप्पणी गरेका छन् । 

बुधबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले भने, ‘बजेट बनाउनुभन्दा अगाडि नै छलफल भएको भए आज बजेटमा जुन त्रुटि देखिएको छ । त्यो देखिने थिएन ।’

उनले सबै जिल्लामा समान रूपले बजेट नआएको भन्दै असन्तुष्टि पोखे । 

बजेटबारे सम्बन्धित मन्त्रालयले अध्ययन गरेर निर्देशन दिन सम्बन्धित मन्त्रालय चुकेको उनको भनाइ छ । ‘जनताले बजेटमाथि विभिन्न प्रतिक्रिया दिइसके, तर हामी समिति भएर पनि दिन सकेको छैनौँ । कसरी विभेद भइरहेको छ, के–के त्रुटि छ भनेर । सबै जिल्लामा समान बजेट छैन । त्यो हामीले अध्ययन गरेर सम्बन्धित मन्त्रालयले निर्देशन दिनुपथ्र्यो ।  त्यो कुरामा हामी पछाडि परिसकेका छौँ,’ उनले भने, ‘चारैतिर बजेटको कार्यक्रममाथि सुधारका कार्यक्रम र प्रतिक्रिया राखेर बैठक बसौँ ।’

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:२०
Weather Update