News Griha :: न्यूजगृह
शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री श्रेष्ठ 

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको बताएका छन् । 

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले प्रहरीले यस प्रकरणमा निष्पक्ष छानबिन र अनुसन्धान गरिरहेको भन्दै निर्दोष आतंकित हुन नपर्ने बताए । 

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिन र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । तर, अहिले कोही  निर्दोष डराउनु पर्दैन । जो दोषी छन्, अपराधकर्ताहरूलाई अब सरकारले छोड्दैन बा भन्ने प¥या छ भने ठिक हो । तर, निर्दोष कोही आतंकित हुनुपर्दैन ।’

उनले सरकारको भ्रष्टाचारविरुद्धको अभियानले अरू भ्रष्टाचारमा संलग्न रहेकाहरू पनि म पनि पर्ने हो कि भनेर डराउन थालेको दाबी गरे । सरकार लोकतन्त्रको पक्षमा दृढ रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:११
Weather Update