News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बाग्मती सरकारबाट बाहिरियो एमाले

हेटौंडा– बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा बुझाएका हुन् ।

Prabhu Bank

उनले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताएका छन् ।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।
  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:३५
sagarmatha cementsagarmatha cement
Weather Update