
काठमाडौं— एकीकृत समाजवादी पार्टी (नेकपा एस) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउन प्रस्ताव गरेका छन् ।
२०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउन अध्यक्ष नेपालले प्रस्ताव गरेका हुन् ।
सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो ।
आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले एकीकृत समाजवादी दर्ता गरेका हुन् । तर अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउन प्रस्ताव प्रचण्डसमक्ष गरेका हुन् ।
शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा ब्युँताउन आफूले प्रस्ताव प्रचण्डसमक्ष गरेको जानकारी गराए ।
शुक्रबार बिहान भएको कुराकानीमा आफूले प्रचण्डसँग नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको अध्यक्ष नेपालको भनाइ छ ।